काठमाडौं, ५ मंसिर । प्रधामन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । विस्तृत शान्ति सम्झौता भएको अवसरमा शीर्ष नेताहरुबीच आज छलफल भएको हो ।
२०६३ साल मंसिर ५ गते तत्कालिन सात राजनैतिक दल र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा हस्ताक्षर गर्ने दलहरूमध्येका शीर्ष तीन नेताहरुबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो ।
सो अवसरमा शान्ति सम्झौताका बाँकी कार्यभार यथाशक्य छिटो टुँगोमा पुर्याउनेबारे शीर्ष नेताहरु सहमत भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय