काठमाडौं, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुर्गा प्रसाईंको मंसिर ७ गते हुने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’ नामक आन्दोलनमा पार्टीेले संस्थागत निर्णय गरेर समर्थन नगर्ने जनाएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो स्पष्ट पारेका हुन् । उनले भने,‘हामीले अहिले परिस्थितिलाई नजिकबाट नियाँलिरहेका छौं । आन्दोलनबारे पार्टीले संस्थागत निर्णय गरेको छैन् ।’
प्रसाईंका समर्थकहरुले भोलिको आन्दोलनमा राप्रपाको पनि साथ, सहयोग र समर्थन रहने दाबी गर्दै आएका छन् । समर्थन गर्ने भनेर संस्थागत निर्णय गरेको छैन् । यद्धपी प्रवक्ता श्रेष्ठले राजसंस्था फर्काउने माग र मुद्दा भएकोले कार्यकर्ताहरु स्वतस्फूर्त रुपमा सहभागी हुनसक्ने बताए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यही मंसिर ९ गते हुने कार्यक्रमको लागि झापा जाने कार्यक्रम तय भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पनि भोलि नै झापा पुग्ने बताईएको छ । file photo