Logo

माओवादीको कारण देशको १५ वर्ष खेर गएको छ : गगन थापा



काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले नेताहरुले गम्भीर गल्ती गरेको टिप्पणी गरेका छन् । अब नेताहरुले आफूले गरेका गल्तीमा जनतासँग हजारपल्ट माफी माग्नुपर्ने बताएका छन् । उनले अहिलेको व्यवस्थाको बचाउ गर्दै कसैलेपनि व्यवस्थामाथि टिप्पणी गर्न नहुने सुझाव दिए । आज (बुधबार) नवलपुरमा भएको पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हामीले गल्ती गरेका छौँ हजारपटक जनतासँग माफी माग्नुपर्छ, ०५१ मा मध्यावधिमा नगएको भए माओवादी आउँदैनथ्यो । माओवादीको कारणले देशको १५ वर्ष खेर गएको छ । अनावश्यक युद्ध भयो । यही व्यवस्थामा आउनु थियो भने युद्ध किन ? हामीले ०५६ मा बहुमत पायौँ थेग्न सकेनौँ । छलफल गर्नुपर्छ । कसैलाई दोष दिएर हुँदैन । हामीले गरेको गल्तीको भारी बोक्न तयार हुनुपर्छ । हामीले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउन खोज्यौँ ।”

उनले अहिले नागरिकमा तिव्र असन्तुष्टि र अलमल रहेको स्विकारेका छन् । थापाले भने,‘वरिपरिका केही कुरा देखेका छौँ । नागरिकमा तीव्र असन्तुष्टि या अलमल छ । कोही किसानलाई भेटेँ भने रिसाएको देखिन्छ, रिसाउनुपर्ने कारण पनि छ, जुन सहरमा पनि सटर छाडेर भागेको अवस्था छ । सहकारीको ऋण तिर्न सकेको छैन । नेपाल पहिला कसले छाड्ने भन्नेमा तछाडमछाड गरिरहेकोजस्तो लाग्छ । छटपटाहट देखिन्छ । अब लुकाएर हुँदैन । यसको बारेमा चर्चा र चिन्तन गर्नैपर्ने हुन्छ ।” file photo



प्रतिक्रिया दिनुहोस्