Logo

उर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत



काठमाडौं,७ मंसिर । उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

उनले कार्यकाल सकिनु एक महिना अगाडि नै व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए ।

बिहीबारको मन्त्रिपरिषद्ले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गरेको छ । 



प्रतिक्रिया दिनुहोस्