Logo

नेपालमा राजतन्त्रले दुःख दिनेबाहेक केही नगरेको केपी ओलीको आरोप (भिडिओसहित)



काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्रले जनतालाई दुःख दिनेबाहेक अरु केही नगरेको आरोप लगाएका छन् । उनले अहिले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने पनि टिप्पणी गरे । आज (शुक्रबार) पार्टीनिकट युवा संघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले नेपालमा राजतन्त्र फालिसकिएको उल्लेख गर्दै अहिलेपनि राजतन्त्र चाहिन्छ भन्नु मूर्खता भएको टिप्पणी गरे । उनले भने,‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र रु त्यो त मूर्खता हो । त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्, यस्तो बेलामा युवा संघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद छ ।’

सो क्रममा उनले प्रतिक्रियावादीहरुले चुनावमा भने चुनावमा र सडकमा भने सडकमै पनि भेट्न एमाले तयार रहेको चूनौति दिए । उनले भने,‘दिन र ठाउँ तोकेर भेट्न तयार छ युवा संघ ।’ Photo Source : Balkot/Facebook Page



प्रतिक्रिया दिनुहोस्