काठमाडौं, ९ मंसिर । दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी हुन मधेश प्रदेशबाट बालबालिकादेखि बृद्धसम्म काठमाडौं आएका छन् । मंसिर ७ गतेको कार्यक्रममा सहभागी भएका उनीहरुले आज मंसिर ९ गतेसम्म आईपुग्दा शिथिल देखिएका छन् ।
हिजो (शुक्रबार) प्रसाईंलाई दिनभरि नै प्रहरीले नजरबन्द गरेको कुरा बाहिर आयो । तर, प्रहरी प्रशासनले भने नजरबन्द नगरिएको बरु उल्टै सुरक्षा प्रदान गरिएको दाबी गरेको छ । प्रसाईं समूहको कार्यक्रम आज काठमाडौंको सिफल चौरमा जारी छ ।
प्रसाईं समर्थकहरु उनको निवास भक्तपुरदेखि नै र्यालीसहित सिफल आइपुगेका हुन् । सिफल चौरमा देखिएका अधिकांश महिलाहरु मधेश प्रदेशबाट आएका हुन् । उनीहरु सहकारी, लघुवित्तको ऋण मिनाह हुने आशमा काठमाडौं आएको बुझिएको छ । आन्दोलनमा बालबालिकासमेत प्रयोग भएको पाईएको छ। सिफल चौरमा बालबालिका सुतेका छन् । कतिपय पाका उमेरका पनि निदाईरहेको पाईएको छ ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम