Logo

बढ्दो जनलहरको खिसी, व्यङ्ग र अवमूल्यन नगर्न रविन्द्र मिश्रको आग्रह



काठमाडौं, मंसिर १० ।राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले पूर्व राजाप्रति बढेको जनलहरलाई खिशी र व्यङ्ग नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार झापामा भएको पूर्वराजाको कार्यक्रमको एउटा भिडियो सेयर गर्दै मिश्रले यस्तो आग्रह गरेका हुन् ।

उनले आँट भए चुनावमा लड्न आऊ भन्ने दलहरुको चुनौतीे दल र देश दुबैका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।ुयो जनलहर र आवेग आज नभए भोली, भोली नभए पर्सी बिस्फोट हुन्छ, हुन्छु, उनले भने । पहिले, पहिले भएका विस्फोटन जस्तै त्यो विस्फोटन पनि शान्तिपूर्ण नहुने उनको तर्क छ । मिश्रले २०४७ को संविधानमा टेकेर राजनीतिक दल, राजा र जनताबीच नवीन समझदारी हुनुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्