काठमाडौं, १२ मंसिर । थारु समुदायले दाजुभाइ र दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतिक मानिने सामा चकेवा पर्व मनाएका छन् । थारु समुदायले हिजो (पूर्णिमाको दिन) सामाकचेवा पर्व समापन गरेका हुन् ।
थारु समुदायले काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा उक्त पर्व मानए । उपत्यकामा थारु महिला समाजले ललितपुरको टीकाथलीस्थित गोदावरीमा र थारू महिला सभाले काठमाडौंको तमू बौद्धमा समाचकेवा कार्यक्रम भव्यताका साथ मनाएका थिए ।
सामाचकेवा पर्वको आफ्नै मौलिक परम्परा र गीत संगीत रहेको छ । थारु समुदायहरुले यस पर्वलाई निकै महत्वका साथ हरेक वर्ष मनाउने गर्छन् । यस पर्वको इतिहासमा थारु राजाहरुको कहानी समावेश भएको पाइन्छ । फोटोः दिनेश चौधरी/रिपोर्टर्स नेपाल