Logo

शाही युवा शक्ति नेपालका अध्यक्ष खड्कालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं, १३ मंसिर । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । गत मंसिर ८ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शनमा सहभागी हुने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनी विगत लामो समयदेखि हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्दै आएका थिए । राजा फर्काउने प्रसाईँको आन्दोलनमा सहभागी हुन पुगेको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अध्यक्ष खड्कालाई प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।

शान्ति सुरक्षामा खलल पुर्याएको अभियोग लगाएर उनीमाथि मुद्दा चलाउने तयारी रहेको बताइएको छ । अध्यक्ष खड्कालाई पक्राउ गरिएको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको प्रत्याभूत गरेको भएपनि अध्यक्ष खड्कालाई शान्तिपूर्ण रुपमा आफ्ना मागसहित विचार अभिव्यक्तिको स्वतन्त्रतामाथि बन्देज लगाइएको उनको समर्थकहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्