Logo

प्रधानमन्त्री दाहालद्वारा अवुधावीस्थित् नेपाली दूतावासको निरीक्षण भ्रमण



काठमाडौं, १४ मंसिर । कोप–२८ मा भाग लिन युएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले युएईको राजधानी अबुधावीस्थित् नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । सो क्रममा प्रधानमन्त्री दाहालले नेपाली समुदायको हितमा भए/गरेका कामकारबाहीको जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल हिजोमात्रै युईए पुगेको हो । प्रधानमन्त्री दाहाल कोप–२८ मा सहभागी भएर यही मंसिर १७ गते काठमाडौं फर्किने कार्यतालिका छ ।

युएई बसाईको क्रममा उनले नेपाली व्यवसायीहरु र गैरआवासी नेपालीहरुसँगपनि अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्