Logo

राप्रपा सांसद राणा भारतीय नम्बर प्लेटको गाडीमा सिंहदरबार पुगे, लगत्तै प्रहरीले गाडी बाहिर पठायो



काठमाडौं, १४ मंसिर । राप्रपाकाका महामन्त्री तथा सांसद धवलशमशेर राणा सवार भारतीय नम्बर प्लेटको गाडी सिंहदरबारबाट बाहिरि निकालिएको छ । भन्सार अनुमतिको म्याद सकिएको भारतीय नम्बर प्लेटको गाडीमा सांसद राणा आज अपरान्ह सिंहदरबार पुगेका थिए ।

भन्सार अनुमति पास समेत नभएको गाडीमा गएको पाइएपछि राणासहित गाडीलाई बाहिर निकालेको प्रहरीले जनाएको छ । यद्यपि राणाले भने आफू भारतबाट आएका नातेदारको गाडीमा सिंहदरबार पुगेको बताए । थाहा नभएकोले गाडी लगेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्