काठमाडौं,१५ मंसिर । मलेसियन कम्पनी आजियाटाले नेपालबाट आफ्नो शेयर बेचेर बाहिरिने घोषणा गरेसँगै एनसेल कम्पनीको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडले किन्न सम्झौता भएको छ।
आजियटा समूहले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय यसअघि नै गरेको थियो ।
सो सेयर सतिशलाल आचार्य नेतृत्वमा बेलायतमा रहेको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गर्न सम्झौता गरेको एनसेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आचार्य सिंगापुरमा व्यापार व्यवसाय गर्ने नेपाली नागरिक हुन् ।
एनसेलमा रहेको २० प्रतिशत शेयर उनै आचार्य दाजुभाईको नै रहेको थियो । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको थियो। बाहिरिएसँगै आजियाटाले कम्पनी बिक्रीमा राखेको थियो।