काठमाडौं, २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले एनसेल खरिद विक्री प्रकरणबारे अर्थ समितिले आजियटा ग्रुपलाई पत्र काट्नुपर्ने धारणा राखेका छन् । एनसेलको पछिल्लो खरिद विक्री प्रकरणले नेपालमा लगानीको वातावरण छैन भनेर प्रचार भएको भन्दै आजियटा ग्रुपका सिईओलाई अर्थसमितिले पत्र काट्नुपर्ने डा. वाग्लेको भनाई छ ।
आज (बुधबार) बसेको अर्थ समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,”एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन लगानी विकर्षण बारे बृहत् नीतिगत समीक्षा आवश्यक भएको देखिन्छ । आजियटा कम्पनीको सीईओलाई नै अर्थ समितिले पत्र काट्नुपर्छ । त्यसको लागि कस्तो सहयोग चाहिन्छ हामी तयार छौ ।”
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम