Logo

सभामुख पद रिक्त भएको ४ महिनापछि कोशीका कांग्रेस सांसदले गरे आफैलाई सभामुख घोषणा !



काठमाडौं,२१ मंसिर । कोशी प्रदेश सभा सदस्य ईस्राइल मन्सुरीले आफैले आफैलाई सभामुख घोषणा गरेका छन् ।

उनले प्रदेश सरकारले भर्खरै पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका योजनाहरुको विस्तृत विवरणहरु पत्रमार्फत सार्वजनिक गरेका छन् । उक्त पत्र लेखिएको लेटरप्याडमा ‘माननीय इस्राइल मन्सुरी, सभामुख कोशी प्रदेशसभा, नेपाल’ भनेर उल्लेख गरिएको छ ।

हाल कोशी प्रदेश सभामा सभामुख पद रिक्त रहेको छ । तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते पदबाट राजिनामा दिएपछि सभामुख पद रिक्त रहेको छ । हाल प्रदेश सभाको नेतृत्व उपसभामुख सिर्जना दनुवारले गरिरहेकी छन् । उनी अष्ट्रेलिया भ्रमणमा रहेको हुँदा उनको अनुपस्थितिमा सभाको सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी थिईन् ।

मान्सुरी प्रदेश सभा सञ्चालन मण्डलका सदस्य हुन । तर, उनी सभामुख होईनन् । कानूनत उनले आफैलाई स्वघोषणा गरेर सभामुख लेख्न मिल्दैछ । अध्यक्ष मण्डलमा मन्सुरीसँगै, एमालेका रोहितबहादुर कार्की, माओवादीका गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट थिए । तर, इस्राइल सभामुख भएका भने होइनन् । सभाध्यक्षको भूमिका निर्वाह गरेकै आधारमा उनले लेटरप्याटमा सभामुख लेख्न पाउँदैनन् । उपसभामुख सिर्जना दनुवारले आफ्नो लेटरप्याडमा उपसभामुख नै लेख्दै आएकी छन् ।

संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उप–सभामुखको चयन प्रक्रिया उल्लेख छ । उक्त धाराको उपधारा ९३० मा सभामुख वा उप–सभामुखको पद रिक्त भएमा प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभामा सभामुख पद रिक्त रहँदा एमालेबाट उप–सभामुख निर्वाचित सिर्जना दनुवारले सभामुखको भूमिका निर्वाह गरिरहेकी छन् ।



प्रतिक्रिया दिनुहोस्