काठमाडौं, २४ मंसिर । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरुद्ध मृतक आरती साहका दाजु प्रेम साहले उजुरी दिएका छन् । आज (आईतबार) संसदीय सुनुवाइ समितिमा प्रेमले आरती हत्या प्रकरणमा जनकपुर उच्च अदालतमा हुँदा न्यायाधीश सुवेदी र किरणकुमार पोखरेलले प्रमाणको मुल्यांकन नगरी कसुरदारलाई साधरण तारेखमा छोडेको उल्लेख गरेका छन् ।
साथै, उनले न्यायाधीश सुवेदीविरुद्ध कार्य क्षमताको अभाव रहेको, निर्णय गर्दा आर्थिक लेनदेनमा संलग्न भएको र न्याय सम्पादन गर्ने क्रममा विवादैविवादले घेरिएको भनी आरोप लगाएका छन् । उनले न्यायाधीश सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन नगर्न समितिलाई आग्रह गरेका छन् ।
आजको सुनुवाइमा आरतीका बाबु विनोद साह, दाजु प्रेम साह र आमा निर्मला देवी साह लगायत सहभागी थिए । Photo By: Mukunda Kalikote/RN