Logo

एमालेले देश बर्वाद हुन दिँदैनः केपी ओली



काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बर्वाद हुन नदिनका लागि मिसन ०८४ अभियान चलाएको बताएका छन् । झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा आज (आईतबार) काभ्रेको मण्डण देउपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले एमालेले देश बर्वाद हुन नदिने बताए ।

‘मिसन ०८४ मा यो देश बर्वाद हुन नदिने संकल्प हामीले गर्नुपर्दछ । यो देश नेकपा (एमाले) हुँदाहुँदै हामी बर्वाद हुन दिँदैनौं । यो संकल्प हामी हरेकले गर्नुपर्छ,’– उनले भने ।

वर्तमान सरकारले यो देशलाई बवार्दीको बाटोतर्फ लगेको उनको भनाई छ । सरकारले युवालाई विदेशीहरुको सस्ता कामदार बनाएको उनले टिप्पणी गरे । उनले राष्ट्रिय हितका लागि एमाले मजबुद हुन आवश्यक रहेको बताए ।

‘यो देशलाई बर्वाद हुन दिने, गरिब हुन दिने र यस देशका जनतालाई विदेशीका सस्ता कामदार बनाउन पठाउने यस खाल्का नीतिबाट अर्थतन्त्र र राजनीति चल्न हुँदैन । त्यसकारण नेकपा (एमाले) राष्ट्रिय राजनीति र राष्ट्रका हीतका लागि राजनीति, देशलाई जोगाउन मजबुद राष्ट्रिय शक्तिको आवश्यकता छ । एमाले मजबुद राष्ट्रिय शक्ति हो । यसको मजबुदी बिस्तार गर्नुपर्छ,’– उनले भने ।

मानव अधिकार दिवसको शुभकामना दिँदै उनले एमाले मानव अधिकारको पक्षमा दृढ रहेकोसमेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्