काठमाडौं,२७ मंसिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सकरात्मक दिशातर्फ अग्रसर रहेको दाबी गरेका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले सो दाबी गरेका हुन् । उनले अर्थतन्त्रले निर्णायक मोड लिन्छ भन्ने यथेष्ट आधारहरू देखिएको दाबीसमेत गरेका छन् ।
उनले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको पहल सकारात्मक रहेको उनले बताए । समग्रमा अहिले देशका अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको उनको भनाइ छ । अर्थतन्त्र सकारात्मक दिशामा रहेको उनले बताए ।
‘आर्थिक सूचक सकारात्मक भएको छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ । परिणाम देखिन केही समय लाग्छ । मौद्रिक नीतिको समीक्षा पछि शेयर बजार पनि बढेको छ’ मन्त्री महतले भने’ ।
विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको अर्थमन्त्री महतले बताए।
चालु आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ जुन अहिले सम्मकै उच्च रहेको उनले बताए।