Logo

एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो



काठमाडौं,२७ मंसिर । बिहीबारका लागि डाकिएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सरेको छ ।

भोलि र पर्सी बस्ने भनिएको बैठक पुस २ र ३ गतेलाई सारिएको एकीकृत समाजवादीले जनाएको छ । पार्टीभित्रको आन्तरिक तयारी पनि नपुगेको र बैठकमा सहभागी हुने नेताहरुको कार्यव्यवस्थताको कारणले बैठक सारिएको बताईएको छ ।

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने,देशभरको सांगठनिक अवस्था,जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका,समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्