काठमाडौं, मंसिर २८ । नेपाली बजारमा डलरको भाउ बढेर फेरि नयाँ उचाइमा पुगेको छ । आज १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ । यसअघि मंसिर १५ गते डलरको मूल्यले रेकर्ड बनाएको थियो । सो दिन एक अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ७४ पैसा थियो।
भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ पनि कमजोर बनेको हो । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम भएकाले भारतीय मुद्रा अवमूल्यन हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ ।