Logo

कति छ नेपालको सरकारी खातामा मौज्दात ?



काठमाडौं,२८ मंसिर । चालु आर्थिक २०८०-०८१ को कात्तिक मसान्तसम्म सरकारी खातामा एक खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ मौज्दात कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार प्रदेश र स्थानीय सरकारको खातामा रहेको रकम समेत गरी उक्त नगद मौज्दात छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रूपैयाँ थियो । चार महिनामा सरकारको नगद मौज्दात ८० अर्ब ४२ करोड रूपैयाँले वृद्धि भएको हो ।



प्रतिक्रिया दिनुहोस्