काठमाडौं,२९ मंसिर । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बिहान ११ बजेका लागि डाकिएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानविरुद्ध परेको उजुरीमाथि सुनुवाइ हुने संसद् सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध समितिमा हालसम्म दशवटा उजुरी दर्ता भएको सचिवालयले जानकारी दिएको छ । जसमा न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजीज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको छ ।
सर्वोच्चमा न्यायाधीश सिफारिस भएका महेश्वर शर्मा पौडेल, सुनिल पोखरेल र बाबुराम ढकालविरुद्ध भने कुनैपनि उजुरी परेको छैन् ।