Logo

सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ जारी



काठमाडौं,१ पुस । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक जारी छ । सिंहदरबरास्थित समितिको कार्यकक्षमा बिहान ११ बजेदेखि बैठक जारी रहेको हो । आजको बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका महेश शर्मा पौडेल पौडेल र टेकप्रसाद ढुंगानाको बारेमा सुनुवाइ हँदैछ ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ ।

आज पौडेल । ढुंगानाको सुनुवाइ सकिएपछि सुनिल कुमार पोखरेल र बाबुराम ढकालको सुनुवाइ बाँकी रहनेछ । पोखरेल र ढकाल दुबै कानून व्यवसायीको तर्फबाट न्यायाधीशमा सिफारस भएका हुन् । पोखरेल नेपाली कांग्रेस र ढकाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कोटाबाट न्यायाधीशमा सिफारिस भएका हुन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्