Logo

आज पनि हुन सकेन एनसेलविरुद्धको मुद्दामा सुनुवाइ, अमरेशकै कानुन व्यवसायीले स्थगित गराए पेशी



काठमाडौं, १ पुस । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले एनसेलको शेयर खरिदबिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ ।

आज (आइतबार) सुनुवाइका लागि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पेशी तोकिएको उक्त मुद्दा रिट निवेदककै कानुन ब्यवसायीले स्थगित गराएका हुन् ।

उक्त रिटमा आजसम्म पाँच पटक पेशी तोकिएको भएपनि चार पटक हेर्न नभ्याइनेमा परेको थियो । अमरेशले एनसेल शेयर खरिद विक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको सचिवालयसमेतको संलग्नता रहेको दाबी गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्