Logo

मन्त्री ज्वालाको दाबीः ‘काठमाडौं उपत्यकाको सडकमा अहिले खाल्डाखुल्डी छैन’



काठमाडौं, २ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन् । आज (सोमबार) ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दैै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नरहेको बताएका हुन् ।

‘काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले तपाईँहरु खाल्डा देख्न सक्नुहुन्न ।’ उनले भने, ‘खानेपानीले समस्या बनाउँछ, विद्युतले समस्या बनाउँछ, त्यसको बाबजुद पनि हाम्रो मन्त्रालय अन्तर्गतका सबै खाल्डाहरु हामीले ब्यवस्थित गरेका छौं । मर्मत गरेका छौं र बाँकी कहीकतै छन् भने पनि हामी मर्मत गर्छौं ।’

तीनै तहका सरकारले समन्वय गरेर काम गरेको खण्डमा मात्रै नतिजा आउने उनले बताए । जताले सबैभन्दा नजिकबाट देख्न र भन्न सक्ने सरकार स्थानीय सरकार भएको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्