Logo

प्रधानमन्त्री प्रचण्डको स्पष्टोक्तिः ‘एनसेल खरिद विक्री स्वभाविक नभएरनै छानविन समिति बनाइएको हो’



काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर खरिद विक्री प्रक्रिया अस्वभाविक लागेरनै सरकारले छानविन समिति बनाएको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । साथै, उक्त प्रकरणमा कतैबाट कानुन विपरीतका कार्य भएको पाइएमा हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

‘सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको हो । यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकैले छानबिन समिति बनाइएको हो। कानून विपरितका काम कारबाही भए, गरेको पाइएमा हदैसम्मको कारबाही गर्न सरकार प्रतिवद्ध छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

समितिले एनसेल खरिद विक्री प्रकरणबारे प्रधानमन्त्री प्रचण्डको धारणमा मागेको थियो । प्रधानमन्त्री प्रचण्डले समितिको उक्त बैठकमा उपूिस्थत भएर उनले सरकारलाई अस्वभविक लागेर नै समिति बनाइएको बताए । उनले छानविन समितिको राय सुझाव प्राप्त भएपछि सोही सुझावका आधारमा दूरसञ्चार सेवा प्रदायक संस्थाहरुको नियमन, विदेशी लगानीका लागि सहज वातावरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासन लगायतका विषयमा आवश्यक कदम चालिने बताए ।



प्रतिक्रिया दिनुहोस्