काठमाडौं,४ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कायव्यस्तताको कारण आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।
माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार पनि बसेको थियो । हिजो बसेको बैठकमा केन्द्रीय कमिटीको बैठक र विधान सम्मेलनको मिति गर्नेबारे छलफल भएको थियो ।
बैठकमा पार्टीले सञ्चालन गरेको रुपान्तरण अभियान र सरकारको समीक्षालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ । आज स्थगित बैठक भोलि पुर्न: बस्नेछ ।