Logo

कमल थापाले मागे पर्यटनमन्त्री सुदन किरातीको राजीनामा



काठमाडौं, पुस ५ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको राजीनामा माग गरेका छन् । पर्यटनमन्त्री किरातीले राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउँदै उनले तत्काल वर्खास्त माग गरेका हुन् ।

‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ।’ नेता थापाले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन वमोजिम कार्वाही गरियोस् ।’



प्रतिक्रिया दिनुहोस्