Logo

संसदीय समितिमा मन्त्री किरातीको ब्यापक आलोचना, माफी माग्न राप्रपा नेता राणाको सुझाव



काठमाडौं, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक कार्यक्रममा दिएका अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाअन्तर्गतका अन्तराष्ट्रिय सम्बन्ध समितिका ब्यापक आलोचना भएको छ । आज (बिहीबार) बसेको समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलशमशेर राणाले मन्त्री किरातीले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । उनले मन्त्री किरातीलाई सार्वजनिक रुपमा माफी माग्नसमेत सुझाए । उक्त बैठकमा मन्त्री किरातीसमेत सहभागी थिए ।

मन्त्री किरातीलाई राप्रसा सांसद राणाले भने, ‘द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो । समाजमा ठूलो द्वन्द्व फैलाउने कुरा गर्नुभएको छ । यसको जिम्मेवार सरकार र तपाईं हुनुहुनेछ ।’

मन्त्री किरातीले हिजो (बुधबार) राजधानीमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएपछि उनको चौतर्फी आलोचना भईरहेको छ ।

‘नेपाल बहु धार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो,’– उनले भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्