Logo

प्रधानमन्त्री दाहालद्वारा इनरुवा ४०० केभी सवस्टेशनको उद्घाटन



काठमाडौं, ६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरण इनरुवा ४००/२२०/१३२/३३ के.भी. सवस्टेशनको उद्घाटन गरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४, इनरुवामा आज एक कार्यक्रमका बीच उक्त सवस्टेशनको उद्घाटन गरिएको हो । सो अवसरमा प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नवनिर्मित सवस्टेशनको अवलोकन गराएका थिए ।

जीआईएसमा आधारित स्वचालित यो सबस्टेसन धनुषाको मिथिला नगरपालिमा रहेको ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ ।

साथै पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि पनि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको छ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि यो सवस्टेशन निर्माण गरिएको प्राधिकरणले जनाएको छ । तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्