काठमाडौं, ७ पुष । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष कोइराला पूनः नियुक्त भएका छन् । कोइराला दोस्रो कार्यकालका लागि पूनः नियुक्त भएका हुन् । यही पुष ५ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो।
साढे २ दशक भन्दा लामो अनुभव बटुलिसकेका सिईओ कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् । पहिलो कार्याकालमा कोइराला माछापुच्छ्रे बैंक लि. वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको बैंकले जनाएको छ ।