काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएको खोया घरमा सजाएर राख्ने बताएका छन् ।
लामिछानेले आफूले घरमा अहिलेसम्म कुनै सर्टिफिकेटसमेत नझुण्ड्याएको बताउँदै सपना पूरा नभएसम्म उक्त खोयालाई घरमा झुण्ड्याएर राख्ने बताए । उनीमाथि लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले आज पोखरामा आयोजित एक कार्यक्रममा खोया प्रहार गरेका थिए ।