Logo

धरौटी बुझाएका शरणार्थी नेता रिजाल थुनामै



काठमाडौं, ९ पुस । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको शरणार्थी नेता टेकनाथ रिजालले अदालतको आदेशबमोजिम धरौटी बुझाएका छन् । रिजालले हिजो (आईतबार) धरौटी बुझाए पनि उनी थुनामै छन् । अदालतबाट तोकिएको १५ लाख रुपैयाँ धरौटी बुझाएर छुट पुर्जी लिएपनि कार्यालय समय अभावका कारण उनी थुनामै रहेका हुन् ।

आज र भोलि पनि सरकारी विदा रहेकाले उनी त्यसपछिमात्रै छुट्नेछन् । यसअघि सोही प्रकरणमा धरौटीमा छुटेकाहरुलाई सम्पत्ति सुद्धीकरण विभाग र अख्तियारमा समेत बुझाइएको थियो । सम्पत्ति सुद्धीकररण र अख्तियारले उनीहरुमाथि अनुसन्धान बाँकीनै रहेको भन्दै बुझाउन कारागार कार्यालयलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा कारागार कार्यालले उनीहरुलाई सम्पत्ति सुद्धीकरण र अख्तियारमा बुझाएको थियो ।

सो प्रक्रिया शरणार्थी नेता रिजालले पनि पूरा गर्नुपर्ने छ । नेता रिजाललाई सम्पत्ति सुद्धीकरण र अख्तियारले साधारण तारेखका छोडेमा सम्भवतः बुधबारमात्रै छुट्ने छन् । रिजाललाई गत मंसिर १५ गतेनै अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी बुझाउन नसक्दा उनी हालसम्म थुनामै थिए ।



प्रतिक्रिया दिनुहोस्