काठमाडौं,१० पुस । नेकपा एमालेकी सांसद सुनिता बरालले आफ्नो एक वर्षको रिपोर्ट कार्ड सार्वजनिक गरेकी छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी पूर्व अध्यक्षसमेत रहेकी बराल गत वर्ष सम्पन्न संघीय निर्वाचनपछि समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद निर्वाचित भएकी थिइन् ।
सांसद्मा निर्वाचित भएको एक वर्षमा बरालले आफूले देखे भोगेका र गरेका कामहरु समेटेर रिपोर्ट कार्ड सार्वजनिक गरेकी हुन् । रिपोर्ट कार्ड सार्वजनिक गर्दै उनले समृद्ध नेपालको खाका प्रस्तुत गरेरै आम नागरिकका बीचमा आफ्नो पार्टी गएको स्मरण गरेकी छन् ।
सार्वजनिक पद धारण गरेको व्यक्ति त्यसमाथी राजनीतिमा संलग्न व्यक्तिको प्रमुख जिम्मेवारी भनेको पारदर्शीता एवं जवाफदेहिता रहेको उनको भनाइ छ ।
उनले भनेकी छन्,‘प्रतिनिधिसभाको सदस्यको रूपमा मेरो जिम्मेवारीलाई मैले प्रयासहरुको मूर्त कार्यान्वयनको चरणसम्म पुर्याउने संकल्पको रूपमा लिएकी छु । सांसदको भूमिकामा मेरो प्रथम वर्षलाई मैले लामो समय विद्यार्थी आन्दोलन र विकासका विभिन्न अवयवको प्रत्यक्ष साक्षीको अनुभवलाई नीति निर्माणको व्यवहारिक तहमा कार्यान्वन गर्ने र सिक्ने अवसरका रूपमा उपयोग गरेकी छु ।’
यस्तो छ सांसद बरालको एक वर्षे अवधिको ‘रिपोर्ट कार्ड’