Logo

टेरामक्स सम्बन्धी सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न सरकारलाई लेखा समितिको निर्देशन



काठमाडौं,११ पुस । संघीय संसद्को सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी सम्पूर्ण प्रकृया हाललाई याथस्थितिमा राख्न निर्देशन दिएको छ ।

बुधबार बसेको लेखा समितिको बैठकले अध्ययन प्रस्तावका लागि नीतिगत निर्णय गरेको नदेखिएको र मूल सम्झौता समितिलाई प्राप्त नभएको निश्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।

त्यस्तै बैठकले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन पनि दिएको छ । साथै यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको छ ।



प्रतिक्रिया दिनुहोस्