काठमाडौं, ११ पुष । प्रभु साह नेतृत्वको आम जनता पार्टीको जनवर्गीय मोर्चाहरु भन्सारमा भैरहेको लुटकारी व्यवस्था हटाउन माग गर्दै आन्दोलित छ । पार्टीको आम सम्पर्क मञ्चले सुरु गरेको आन्दोलन आज ११औं दिनमा प्रवेश गरेको छ। यो मञ्चको दोस्रो चरणको आन्दोलन हो । मञ्चले भन्सारबाट लिने ४५ प्रतिशत पुरस्कारको राशि र तथ्यांक सार्वजनिक गर्न सरकारसमक्ष माग गरेको छ ।
पुरस्कारको रकम कति ? र कसको नाममा कहिले गएको हो ? भनेर मञ्चले सोधेको छ । आन्दोलनबारे जानकारी दिँदै अध्यक्ष साहले फेशबुकमा लेखेका छन्-
भन्सारबाट लिने ४५ प्रतिशत पुरस्कारको सुचि सार्वजनिक गर
भन्सार कानूनमा रहेको ४५℅ कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन आम सम्पर्क मञ्चले शुरू गरेको दोश्रों चरणको आन्दोलन आज ११ औ दिन पनि जारी छ । आज आन्दोलनकारीहरुले भन्सारबाट लिने ४५℅ पुरस्कारको सुचि सार्वजनिक गर्न सरकार संग माग गरेकाछन । पुरस्कारको रकम कति कसको नाममा कहिले गएको हो ? यो आम जनताले जान्न जरुरी छ । यो ४५℅ पुरस्कारको ब्यवस्था खुलेआम लुट हो किनकी यो पैसा गुपचुप सिधै मन्त्रीको खातामा पुगछन । यसलाई रोकन सर्वप्रथम आन्दोलनकारीको मागहरुको सम्बोधन जरुरी छ । यसर्थ यसमा तपाई सम्पूर्ण आदरणीय न्यायप्रेमी जनसमुदायको साथ सहयोग हुने विश्वास सहित आन्दोलनमा सक्रिय सम्पूर्णमा बिशेष धन्यवाद ज्ञापन गर्दछु ।