Logo

मन्त्री फिर्ता बोलाउने वा नयाँ मन्त्री पठाउनेबारे पार्टीमा कुनै छलफल भएको छैन् : नेता पाण्डे



काठमाडौं, पुस १३ । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले पार्टीमा मन्त्री फेरबदल गर्नेबारेमा अहिलेसम्म कुनै पनि छलफल नभएको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका पाण्डेले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्यशैली बदल्ने र मन्त्री मण्डल परिवर्तन गर्ने विषयमा पार्टीले नयाँ मन्त्री पठाउने वा फिर्ता बोलाउनेबारे कुनै छलफल उनको दाबी छ ।

मन्त्रीहरुको मूल्याङकनको विषय भने बन्नुपर्ने कुरामा जोड दिदै नेता पाण्डेले काम नै नभएको भन्दा पनि जति काम हुनपर्ने हो त्यति काम हुन सकेन भन्ने गुनासो भने रहेको स्पष्ट पारे।

मुलुकले जुन ढंगले गति लिन पथ्र्यो त्यो रुपमा विकाश नभएको स्विकार गर्दै नेता पाण्डेले आफ्नो पार्टीका नेता र मन्त्रीहरुबाट लुटिएको र आर्थिक अनियमितता भएको अहिलेसम्म केहि पनि प्रमाण नभेटिएको र नभेटिने पनि दाबी गरे ।

यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको प्रसंगमा नेता पाण्डेले सर्वोच्चमा रिट परिसकेपछि सदनमा त कुरा उठाउन नपाइने अवस्थामा बाहिर–बाहिर छलफल गरेर गभर्नर अधिकारीका बारेमा कुरा गर्नु उपयुक्त नहुने बताए । यो विषयमा अब सर्वोच्चले नै टुंगोमा पुर्‍याएर फैसला हुने पनि नेता पाण्डेको भनाइ छ ।

गभर्नर अधिकारीका विषयमा यर्थाथ कुराहरु बाहिर आए पछि मात्रै सरकार एक्सनमा जाने बताए।



प्रतिक्रिया दिनुहोस्