Logo

बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई रोजगारीको पनि व्यवस्था गर्छौं: गृहमन्त्री श्रेष्ठ



काठमाडौं,१६ पुस । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा परेर ज्यान गुमाएका २ युवकको परिवारलाई १० लाख राहतको अतिरिक्त रोजगारी र आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै श्रेष्ठले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि कुराकानी भइरहेको जानकारी गराएका छन् ।

‘दुई युवाको परिवारलाई अतिरिक्त आर्थिक सहयोग गर्ने, परिवारलाई रोजगारी दिने र दोषीलाई कानुनी दायरामा ल्याइने छ’,गृहमन्त्री श्रेष्ठले भने ।

‘१० लाख दिने भनेका छौँ । सरकारले दिएको प्रारम्भिक हाे । अतिरिक्त आर्थिक सहयोग गर्ने निर्णय गर्दैछौँ । दुई परिवारलाई राेजगार दिने व्यवस्था गर्छाैं । प्रधानमन्त्रीसँग कुरा भएको छ’,गृहमन्त्रीले भने ।



प्रतिक्रिया दिनुहोस्