काठमाडौं, १६ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गोकूल बास्कोटाले वर्तमान सरकारको ध्यान गठबन्धन बचाउने भन्दा अर्को नरहेको टिप्पणी गरेका छन् । वर्तमान गठबन्धनमा रहेर मन्त्रीहरुले जेसुकै गर्दा पनि राजीनामा दिन नपर्ने भन्दै सरकारको आलोचनासमेत गरेका छन् ।
बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनातर्फ लक्षित गर्दै उनले सरकारलाई कोही मरुन् वा बाँचुन् केही मतलब नरहेको बताएका छन् । उनले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अनशनै बसै भने भन्न नसकिने नत्र जोसुकैले घोक्रो सुक्नेगरी कराएपनि सरकारका कुनै पनि मन्त्रीले आफूबाट भएको कमजोरी स्वीकार गर्दै राजीनामा नदिने टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गठबन्धन सरकारका जुनकुनै मन्त्रीले जे सुकै भनेर गरे पनि र जो जति घोक्रो सुक्ने गरी कराए पनि राजीनामा दिदैनन। गगन–विश्व नै अनशन बसे भने बेग्लै कुरा। कोही मरुन् कि बाँचुन् के मतलव ? बाँचिरहनु पर्ने त गठबन्धन हो, जो अजर अमर रहेकै छ !’ File Photo/RN