काठमाडौं, २५ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘एमडीआरटी’ अचिभर्स अवार्ड– २०२४ सम्पन्न भएको छ । कम्पनीले गत पौस २३ गते हायत रिजेन्सी काठमाडौंमा भव्यता पूर्वक उक्त अवार्ड कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सन् २०२३ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२४’ का लागि योग्य भएका एक सय १६ जना अभिकर्तालाई सम्मानित गरिएको थियो ।
कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पानसमा दीप प्रज्वलन गरी संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिन भित्रनै भव्य कार्यक्रम आयोजना गर्न पाउदा मन हर्षित भएको बताए ।
उनले “पराक्रमी गति, आक्रामक नीति” भन्ने नाराका साथ कम्पनीले मनाई रहेको सार्क वर्ष २०८०/८१ को उदेश्यलाई शीरोधार्य गर्दै व्यवसाय विस्तारमा दत्तचित्त भई कार्य सम्पादन गर्न सम्पूर्ण अभिकर्तालाई आग्रह गरे ।
उनले नेपाल लाइफले बीमा बजारको एक चौथाई भन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिकबीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे ।
बीमकको माग अनुरुप बजार सुहाउँदो बीमा योजनाहरु निकट भविष्यमा नै सार्वजनिक गर्न कम्पनीले द्रुत गतिमा तयारी गरी रहेको उनले बताए ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको समेत उनले बताए ।
कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेको भन्दै अभिकर्ताहरुलाई धन्यवाद दिए । नेपाल लाइफ आफैमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु सबैको लागि हर्षको विषय रहेको उनले बताए । उनले अभिकर्ता प्रगतिको सहयात्री भएको र सोको महत्तालाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्रह गरे ।
‘एमडीआरटी’ वित्तीय क्षेत्रमा ख्यातिप्राप्त अवार्ड रहेको र यसबाट सम्मानित हुने सबैलाई बधाई तथा आगामी दिनको लागि शुभकामना ज्ञापन गरे । ‘एमडीआरटी’ मा योग्य भएका अभिकर्ताहरुलाई उनले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पु¥याउन गरेको योगदानका निम्ति धन्यवाद ज्ञापन गरे । उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा थप सफलताको लागि शुभकामना व्यक्त गरे । उनले मान्छेले जे परिकल्पना गर्छ त्यहि नै प्राप्त गर्ने हुँदा ठुलो उद्देश्य लिई अगाडी बढ्न आग्रह गरे । कम्पनीका बीमा अभिकर्ताहरु ठूलो रुखको मुनि रहेका बताउँदै उनले बजारमा जान सजिलो रहेको र सोलाई बजारीकरण गर्दै बीमाको पहुँचलाइ आम नागरिक बीच पु¥याउन आग्रह गरे ।
२०२३ मा COT हुन सफल भएका माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा COT बन्न सफल भएको बताए । कम्पनीले अभिकर्ताको सिप विकासका निम्ति विभिन्न कार्यक्रम गर्दै आएकोमा मुक्तकण्ठले प्रशंशा गरे । उनले आगामी दिनमा थप परिस्कृत बनाउन व्यवस्थापनलाई सुझाब दिए ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका नव निर्वाचित अध्यक्ष गणेश अधिकारीले सम्मानित हुने सबैलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप उर्जाका साथ बीमालाई नेपालीको घर दैलोसम्म पु¥याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरु एक जुट भई लाग्न आग्रह गरे । वर्ष सकिएको छोटो समयमा नै भव्य कार्यक्रम आयोजना गरेकोमा व्यवस्थापनलाई धन्यवाद दिए ।
कार्यक्रममा समापन मन्तब्य व्यक्त गर्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिदै आगामी वर्ष झन् बढी संख्यामा MDRT हरुलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए । आर्थिक मन्दीका बीच पनि अभिकर्ताहरुको अथक मेहनत, परिश्रमका कारण MDRT को संख्या गत वर्षको तुलनामा बढेको र यो संख्या अब ज्यमितिय गतिमा बढ्रनेमा आफु विस्वस्त रहेको बताए । कार्यक्रममा पूर्वप्रमुख सूचना आयुक्त तथा नेपाल सरकारको पूर्व सचिब कृष्णहरि बाँस्कोटाले प्रस्तुतीकरण दिएका थिए ।