Logo

राजसंस्था पुनर्स्थापनका लागि आन्दोलन हुँदैन भन्ने कुरा राप्रपालाई नै थाहा छः गृहमन्त्री श्रेष्ठ



काठमाडौं, २७ पुस । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन नहुने बताएका छन् ।

पृथ्वी जन्म जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री श्रेष्ठले राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन हुँदैन भन्ने कुरा राप्रपालाई पनि जानकारी रहेको बताएका हुन् ।

‘उहाँहरुलाई थाहा छ, त्यो (आन्दोलन) हुँदैन भनेर । राजनीति हो, उहाँहरुले आफ्नो कुरा भन्नु भएको हो,’– उनले भने ।

राप्रपाले भने राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाका लागि देशभर आन्दोलन गर्ने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्