काठमाडौं, पुस २८ । दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा घाइते भएका सबैको परिचय खुलेको छ। गएराति नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित राप्ती नदीको पुलबाट खस्दा १२ जनाको निधन भएको थियो ।
बसमा सवार ३५ यात्रुमध्ये २२ जना घाइते छन्। घाइते सबैको विभिन्न अस्पतालहरुमा उपचार जारी छ । दुर्घटनामा ज्यान गुमाएका मध्ये आठ जनाको सनाखत भएको छ भने चार जनाको सनाखत हुन बाँकी रहेको बाँके प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना सम्बन्धी टिपोट:-
मिति २०८०।०९।२७ गते अन्दाजी २१:५७ बजे जिल्ला दाङ्ग राप्ती गा.पा.-1 भालुवाङ्ग पुलचोकमा नेपालगंजबाट काठमाण्डौ जादै गरेको बाग्मती प्रदेश 3001 व. 3912 नम्बरको यात्रु बाहक बस गति अनियन्त्रित भई पुल बाट अन्दाजी 20/25 मिटर तल राप्ती नदीमा खस्र जाँदा बसमा सवार 35 जना मध्ये 7 जना घटना स्थलमै मृत्यू, 4 जना उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु 1 जना प्रस्तावित अस्पताल भालुवाङ्ग दाङ्गमा उपचार गर्ने क्रममा मृत्यू भएको र अन्य घाईते 22 जना मध्य 7 जना लाई बुटवल र 9 जनालाई नेपालगंज रिफर गरेको 6 जनालाई प्रस्तावित अस्पताल भालुवाङ्गमा उपचार भईरहेको उक्त स्थानमा यस गणबाट गणका गणपति सप्रउ गोपाल प्रसाद श्रेष्ठको कमाण्डमा 45 जना टोली खटिएको । साथै चालक समिर नेपाली ई.प्र.का. भालुवाङ्ग दाङ्गको नियन्त्रणमा रहेको ।
निम्र घाईतेहरु:-
- जिल्ला काठमाण्डौ कालीमाटी बस्ने बर्ष 38 की मञ्जु शर्मा आँखामा चोट, खुट्टा भाचिएको। (बुटबल रिफर)
- जिल्ला बाँके बने वर्ष 20 निरन्जन कोरी बाँया हात खुट्टा र मुखमा चोट लागेको (प्रस्तावित अस्पताल भालुवाङ्ग)
- जिल्ला बाँके नेपालगंज बसे वर्ष 24 को अशुतोष गौतम सकुशल गाडीबाट हाम फालेको (नेपालगंज) पठाईएको ।
- सामान्य घाईतेहरु
- जिल्ला काठमाण्डौ बस्ने सन्जु बरुवाल आँखामा र टाउकोमा चोट (बुटवल रिफर)
- जिल्ला बाँके बने वर्ष 20 को अरबाज नाउ ढाडमा र हातमा चोट (प्रस्ताबित अस्पताल भालुवाङ्ग)
- जिल्ला बाँके नेपालगंज बस्ने वर्ष 25 को महमोद जावेद टाउकोमा चोट (नेपालगंज रिफर)
- जिल्ला कालिकोट बन्ने वर्ष 45 को तिलक प्रसाद उपाध्याय हात, खुट्टा र मुखमा चोत (बुटवल रिफर)
) - जिल्ला बाँके कोहलपुर बस्ने वर्ष 21 को धन बहादुर पुन मगरको कम्मर र खुट्टामा चोट (नेपालगंज रिफर)
- भारत बस्ने वर्ष 20 की छोटी सिलौरा छाँतीमा चोट (नेपालगंज रिफर)
- जिल्ला बर्दिया बसे वर्ष 22 राजिब थारु छाँतीमा र मुखमा चोट (प्रस्तावित अस्पताल भालुवाङ्ग)
- जिल्ला जुम्ला बस्ने वर्ष 19 बिशाल बोहरा मुखमा सामान्य चोट (प्रस्तावित अस्पताल भालुवाङ्ग) 12. जिल्ला बाँके बसे वर्ष 19 नफिच खान निधारमा चोट (प्रस्तावित अस्पताल भालुवाङ्ग)
- जिल्ला बाके बस्ने वर्ष दशरथ बि.क. आँखामा चोट (प्रस्ताबित अस्पताल भालुवाङ्ग)
- जिल्ला डोल्पा बस्ने वर्ष 35 की धनकली बुढा मगर मुखमा चोट (नेपालगंज रिफर )
- जिल्ला काठमाण्डौ बस्ने वर्ष 11 की आध्या पाण्डे मुख बुट्टा र हातमा चोट (बुटवल रिफर
- जिल्ला बाँके राप्ती सोनारी गा.पा. 2 बस्ने वर्ष 31 को कुल बहादुर गोसाई ढाडमा चोट (नेपालगंज रिफर गाडीको
कनट्याटर - जिल्ला काठमाण्डौ बस्ने वर्ष 45 को सुभाष शाक्य ढाडमा चोट (बुटवल रिफर)
- जिल्ला बाँके नेपालगंज बसे वर्ष 35 की लिला वली खुट्टामा चोट (नेपालगंज रिफर )
- जिल्ला बाँके बस्ने वर्ष 21 को शंकर थारु हातमा चोट लागेको (नेपालगंज रिफर) सहचालक 20. भारत बस्ने वर्ष 23 को राहुल कुमार अहिर बाँया हात भाँचिएको (नेपालगंज रिफर) 21. जिल्ला रौतहत बस्ने वर्ष 26 को सन्जय कार्की आँखामा चोट (बुटवल रिफर)
- काठमाण्डौ बस्ने बर्ष 45 की राधा पाण्डे छाती र घाटीमा चोट लागेको (बुटवल रिफर)
मृतकहरु:- - जिल्ला बाँके नेपालगंज बस्ने वर्ष 60 की कुसुम बस्नेत (प्रस्तावित अस्पताल भालुवाङ्ग उपचारको क्रममा मृत्यु भएको)
- जिल्ला मकवानपुर हेटौडा बस्ने बर्ष 30/35 शौरभ विष्ट (प्रस्तावित अस्पताल भालुवाङ्ग लैजादै गर्दा मृत्यु भएको)
- नाम वतन नखुलेको पुरुष उपचारको लागी लैजादै गर्दा मृत्यु भएको बर्ष 35/40 प्रस्तावित अस्पताल भालुवाङ्ग लैजादै गर्दा मृत्यु भएको)
- अ. वर्ष 30/35 को नाम वतन नखुलेको पुरुष घटना स्थलमा मृत्यु भएको
- जिल्ला जुम्ला चन्दननाथ 9 बस्ने वर्ष 40 को मुन बहादुर रावत घटना स्थलमै मृत्यु
- वर्ष 40/45 नाम वतन नखुलेको पुरुष घटना स्थलमै मृत्यु
- जिल्ला बाँके बने वर्ष 30 को रामवरण हरिजन पटना स्थलमै मृत्यु
- जिल्ला रुकुम गोतामकोट-9 बने बर्ष 25 दिपक डाँगी घटना स्थलमै मृत्यु
- भारत पुर्वी चम्पाटनमलाही बस्ने बर्ष 67 को योगेन्द्र राम घटना स्थलमै मृत्यु (अस्थायी बसोबास जिल्ला चितवन
नारायणघाट) - अ. 28/30 को नाम वतन नखुलेको पुरुष घटना स्थलमै मृत्यु
- जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. -15 बजे वर्ष 65 को ताराकान्त पाण्डे (लमही अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको)
- भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने वर्ष 31 को मुने (लमही अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको)