Logo

तीन वटा संसदीय समितिको बैठक आज एकै समयमा



काठमाडौं, पुस २९ । आज एकै समयमा तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अहिले विहान ११ बजे बस्ने संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमा छलफल हुँदैछ । बैठकमा विभिन्न विद्यार्थी संघ–संगठनसँग छलफल हुँदैछ ।

यस्तै ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा गुठी पीडित मोही किसानको समस्या तथा गुठीसम्बन्धी कानून लगायतका विषयमा छलफल हुँदैछ । बैठकमा छलफलका लागि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री, मन्त्रालयका सचिवका साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्री र सचिवलाई बोलाइएको छ ।

बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण संवर्धनमा सामुदायिक वन उपभोक्ता महासंघको भूमिकालगायत विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्