Logo

सडक दुर्घटनाका कारण पत्ता लगाउन पूर्वसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन



काठमाडौं, २९ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक दुर्घटनाका त्रुटि र कमजोरी पत्ता लगाउन पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

मन्त्री प्रकाश ज्वालाले पछिल्लो समय ठूला–ठूला सडक दुर्घटना हुन थालेपछि भौतिक र प्राविधिक पक्षका त्रुटिहरु पत्ता लगाउन कार्यदल गठन गरेका हुन् ।

कार्यदललाई एक महिनाभित्र भएका सवारी दुर्घटना, विगतका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न निर्देशन दिइएको छ ।

साथै, सडक दुर्घटना न्यूनीकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरु सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्