काठमाडौं, माघ २ । हिमालयन बैंकले अध्यक्ष पुःन प्रचण्डबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको साधारण सभा पछि बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई दोस्रो पटकका लागि सर्वसम्पत रुपमा अध्यक्ष चयन गरेको हो ।
आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा उनी नियुक्त भएका हुन् । आजै सम्पन्न साधारण सभाले संचालक समितिमा संस्थापक शेयरधनीबाट श्रेष्ठलाई चयन गरेको थियो ।
संस्थापक शेयरधनीबाट श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल,सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्बिरोध निर्वाचित तथा सर्बसाधारण शेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताएका छन् ।