Logo

बुहारी भित्र्याउँदै देउवा, जयवीरसिंहले प्रेमिका शिवानासँग माघ २१ मा लगनगाँठो कस्ने



काठमाडौं,२ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माघ २१ गते बुहारी भित्र्याउने भएका छन् । देउवाका छोरा जयवीरसिंहले माघ २१ गते प्रेमिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका कांग्रेस निकट स्रोतले जनाएको छ ।

छोराको विहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।

बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि देउवाले धुम्बाराहीको भाडाको घर छोड्न लागेको बताईएको छ । बुढानीलकण्ठ निवासबाटै इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्