Logo

भाडाको घरबाट आफ्नै निवासमा सर्दै देउवा



काठमाडौं, २ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बराहीस्थित भाडाको घरबाट आफ्नै निवास बुढानीलकण्ठ सर्ने भएका छन् । देउवा भोलि (बुधबार) बुढानीलकण्ठ सर्न लागेका हुन् ।

देउवा करिब १३ महिनादेखि धुम्बराहीमा भाडाको घरमा बस्दै आएका थिए । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी बालुवाटारबाट धुम्बराही सरेका थिए ।



प्रतिक्रिया दिनुहोस्