Logo

प्रचण्ड नेतृत्वको सरकारले जनतालाई सुशासनको अनुभूति गराउन सकेन: डा.शेखर कोइराला



काठमाडौं,२ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकराले जनतालाई सुशासनको अनुभूति गराउन नसकेको दाबी गरेका छन् ।

मंगलबार पार्टी निकट नेपाल आदिवासी जनजाती लोकतान्त्रिक संघले मोरङको सुन्दरहरैचाको नगर सम्मेलनमा बोल्दै संघीय संसद्का सांसदसमेत रहेका नेता कोइरालाले सो दाबी गरेका हुन् ।

“सरकारले जनतालाई सुशासनको अनुभूति दिन सकेको छैन,” उनको भनाइ थियो, “सुशासनबिना देशको विकास सम्भव छैन । सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ ।”

नेता कोइरालाले नेपाली कांग्रेस सदैव पहिचानको पक्षमा रहेको समेत प्रष्ट पारेका छन् । उनले पहिचान नमेटिने र द्धन्द्ध नभेटिने नीति पार्टीको रहेको पनि प्रष्ट पारे ।
“कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,” उनले भने, “पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलिअलि कहीँ कतै तुस छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ ।”



प्रतिक्रिया दिनुहोस्