काठमाडौं,३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्यहरुलाई अभिमुखीकरण दिने भएको छ । कांग्रेसले पार्टी मूख्यालय सानेपामा आज आफ्ना केन्द्रीय सदस्यहरुलाई अभिमुखीकरण दिन लागेको हो ।
कांग्रेसले यहि माघ ७ गतेदेखि २२ गतेसम्म समूदायमा कांग्रेस अभियान सञ्चालन गर्दैछ । त्यसैअनुसार जिल्लामा खटिने केन्द्रीय सदस्यलाई अभिमुखीकरण दिन लागिएको हो ।
कांग्रेसले गत कात्तिकमै समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भने पनि त्यसबेला स्थगित गरिएको थियो। पुस १५ मा बसेको केन्द्रीय समिति बैठकले समुदायमा कांग्रेस अभियान माघ ७ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो।
जिल्ला खटिने नेताहरूलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने कार्यतालिका छ।