काठमाडौं,३ माघ । सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको न्यौपानेलाई अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् । बैठकले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा किरण बाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।