Logo

काठमाडौं महानगरको १४औँ अधिवेशन सम्पन्नः ऐन संशोधन प्रस्ताव र लेखा समितिको प्रतिवेदन पारित



काठमाडौं, ३ माघ । काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभा सम्पन्न भएको छ । प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको सभाका लागि विविध सहित ७ वटा कार्य सूची थिए ।

यी प्रस्तावहरुमा छलफल गर्दै बजेट तथा कार्यक्रमतर्फ प्राप्त भएका सुझाव समेटेर संशोधनसहित पारित भएका छन् । यसैगरी, ऐन सशोधन सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

गत पुस २९ मा नगरसभाको पहिलो बैठक बसेको थियो ।



प्रतिक्रिया दिनुहोस्